बुवाले छोरीलाई उसको आइफोन उपहार दिनुभयो। भोलीपल्ट छोरीलाई सोध्नुभयो, प्यारी छोरी! आइफोन पाएपछि तिमीले सबैभन्दा पहिला के गर्यौ?
छोरीः बाबा मैले स्क्रेच गार्ड र कभरको अर्डर दिए,
बाबाः तिमीलाई यस्तो गर्न कसैले बाध्य गर्यो कि आफैं गरेको?
छोरीः होइन, कसैले पनि गरेन,
बाबाः आइफोन निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई?
छोरीः लाग्दैन,बल्कि निर्माता स्वयंले नै कभर र स्क्रेच गार्ड लगाउने सल्लाह दिएको थियो।
बाबाः त्यसो भए त आइफोन नै देख्नमा खराब देखिन्छ होला, त्यसै कारण तिमीले कभर मगाएको होला है?
छोरीः होइन बाबा, परन्तु आइफोन खराब न होस भनेर मगाएको हो।
बाबाः त्यसो भए कभर लगाउँदा त्यसको सुन्दरतामा कमी आयो होला?
छोरीः आएन हजुर, यसको विपरीत कभर लगाउँदा आइफोन अझै धेरै सुन्दर देखिन्छ।
अब पिताले छोरीलाई स्नेह (प्रेम) ले हेर्दै यस्तो भन्नुभयो,छोरी, आइफोन भन्दापनि ज्यादा महंगो र सुन्दर तिम्रो शरीर हो र यो घरको र हाम्रो ईज्जत हो। तिमीले यो शरीरको अंगहरुलाई कपड़ाले कवर गर्दा शरीरको सुन्दरता धेरै बढ्छ। छोरीसँग बाबाको यो कुराको कुनै जवाफ थिएन, थियो त केवल आँखामा आंशु देखिएको थियो।

Comments
Post a Comment