बोहोसीमा जिउनुको मज्जा अर्कै हुन्छ साथी
विरहमा पिउनुको मज्जा अर्कै हुन्छ साथी
चोटैचोटले धुजा धुजा च्यातिएको मुटुलाई
आफ्नै हातले सिउनुको मज्जा अर्कै हुन्छ साथी
कसैलाई सम्भीएर आफैलाई भुलीभुली
आफु आफ्नै नरुनुको मज्जा अर्कै हुन्छ साथी
आफ्नाहरु जति सबै पराई बनिसकेपछि
एक्लै बसेर रुनुको मजा अर्कै हुन्छ साथी
बोहोसीमा जिउनुको मज्जा अर्कै हुन्छ साथी


Comments
Post a Comment