"अझै स्मरण छ,
गत बर्ष, श्रावन कै महिना थियो | हरियो कपडा, हरियो चुरा अनि मेहेन्दी को रंग मा सजिएको उनको तस्बीर हरु मलाई ट्याग गरि छरपस्ट छरिएका थिए मेरो फेसबुक को वाल भरि | ती तस्बीर हरु धित नमरुञ्जेल हेर्न नपाउदै मोबाइल बजेको थियो उनको कल ले, थोरै चुलबुले अनि धेरै जोश ले भरिएको आवाज मा उनले भनेकी थियिन:
""बेबी म पनि ब्रत बस्न लागेको"" |
जवाफी मा मैले भनेको थिए, ""सिन्कुती छौ, उसैलाई ब्रत बस्नु पर्ने""
ठुस्किदै उनले फर्काइन. ""बस्छु के त 😕 ""
हार मान्दै मैले सम्झाए, ""बस्न त बस तर जुस र फ्रुट खाउ नि, अनि प्लेन्ति अफ वाटर टू""
अनि उनको रिप्लाई थियो, ""आज त बुढा को हात बाट खान पाए पो भाग्यमानी हुन्छ रे नि "",
जिस्किने पालो मेरो थियो, "" लिएर आम त? फेरी गाला मा जुठो गर्न नमिल्ने होला आज को दिन?""
उनि ठुस्किलिन भन्ने शंका को बिपरित उनि बोलिन, ""अफिस चाही म गैदिने कि अर्को स्टाफ राख्छौ तिम्रो सट्टा अफिस गई दिन? ""
अफिस पनि अप्ठ्यारो मा फलेको फर्सी साबित भैदियो आज, भन्ने कुरा नभएको ले ठुस्किदै भने, ""ल ल, तर भोक्कै चाही नबस | ""
मायालु आवाज मा जवाफ आयो, "" हस बेबी, चिन्ता नालिउ न मेरो 😊 ""
अनि थपिन, ""म अब नुहाउछु अनि मन्दिर जान्छु, फोन राख्छु ल""
मेरो जवाफ नकुरी फोन काटियो, उनको बचपना हर्कत ले सधै मलाइ मुस्कुराउन कर लगाउदथ्यो |
खाना खाइओरि म पनि अफिस हिडे, दिउसो फुर्सद मा एकछिन फेसबुक खोलेको थिए उनलाई अनलाइन देखे |
""के छ प्राणप्यारी, खाजा खायौ?"" यती लेखि पठाएको थिए, जवाफी आक्रमण आयो, "" कस्तो भुलक्कड रैछ, म ब्रत बसेको भन्या हैन? भोक लागेर मर्न लागिसके आफु |""
अकमक्क परे, केहि भन्न सकिन.. उनलाई भेट्ने इच्छा जाग्यो | ढोका मा ""ABSENT"" को मार्क लगाई हिडे |
बाहिर एउटा स्टोर बाट केहि फलफुल अनि 'मिक्स फ्रुट' जुस किने र हानिए उनको घर तिर | डोर बेल बजाए, सोचे अनुरुप उनि नै आइन ढोका खोल्न | अझै बिर्सिन सक्दिन मलाई देखि उनि खुसि ले उफ्रिएको त्यो पल | कालो मा सुनौला फूल बुट्टा भरिएको कुर्ता अनि घ्यु रंग को सुरुवाल मा सजिएकी उनि बिछत्तै राम्री देखिएकी थियिन | हामी कोठा मा पुग्यौ, उनलाई मैले सोफा मा बसाए | म आफै किचेन मा गए र एउटा प्लेट, नाइफ़ अनि ग्लास लिएर आए | उनको मुहार बाट मुस्कान घटिसकेको थिएन |
""भोक लाग्यो ? ""
""एकदम""
""खुचिङ्ग 😀 ""
""अझ..""
येति कुरा भै नसक्दै मैले ग्लास मा उनलाई जुस राखेर दिए, चुस्की लगाउदै उनले मेरो आँखा मा हेरी मुस्कुराएको त्यो पल औधि मन पर्यो | उनि सोफा मा थियिन, म उनकै नजिक भुइँ मा बसे उनले चाहेको बेला गला लगाउन मिल्ने गरि, झोला बाट स्याउ निकाली चक्कु ले टासेर उनलाई दिए, त्यो पल को मिठास मा कहिलेइ भुल्न नसकुला |
जीवन मा धेरै आरोह अबरोह हरु आए | अनि ठिक १ बर्ष पछि फेरी श्रावन पनि लाग्यो, उनि अझै ब्रत लिन्छिन श्रावन को, तर अरु कसैको लागि | उनको अन्तिम मेसेज सम्झिए, "" उ एकदम समझदार छ, मेरो एकदम ख्याल राख्छ, तिमीले मलाइ कहिल्यै बुझ्ने प्रयास गरेनौ …त्यसैले हाम्रो सम्बन्ध लाइ यहि तुङ्ग्याएको राम्रो |"" यो कुरा ले मेरो मुटु मा छुरा रोपे सरि पिडा हुन्छ | सम्झिन प्रयास गर्छु आखिर कहा नेर चुकेछु मैले उनलाई बुझ्न | सोच्दा सोच्दै बाहिर को श्रावन को झरी को ताल मा ताल मिलाउन मेरा आँखा बाट आँशु हरु बगेछन... अनि फेरी बगिरह्यो निरन्तर..पल पल !!"


Comments
Post a Comment