केटी


एउटी केटी बिहे गरेर घर गई
हिजोकी केटी अब आज बुहारी भई
हिजो मोजमस्ती गरिरहेकी केटी अब 
पराईघरको सेवामा लागि....
हिजोसम्म टिसर्ट र जिन्स लगाउने केटी
अब सारी लगाउन जान्ने भई
निलनदी झैं बगिरहेकी केटी
अब पराई घरको नीर मात्र भई
दिन दिनै रमाइलोमा खर्च गर्ने बानी
अब सागसब्जी बजारमा भाउ कस्न जान्ने भई
हिजोसम्म "full speed" स्कूटी चलाउने केटी
अब बाइकमा पछाडी बस्न सिकी...
हिजोसम्म तीन पटक पूरा खाना खाने केटी
आज पराई घरमा तीन पटक खाना बनाउन थाली....
हमेशा जिद्दी गर्ने केटी
अब लोग्नेको इच्छा सोध्ने बानी सिकी....
हिजोसम्म आमालाई काम लगाउने केटी
आज सासुको काम गर्न थाली...
हिजोसम्म भाइ-बहिनीसँग झगडा गर्ने केटी
आज नन्द र देवरलाई सम्मान गर्न सिकी...
पापाको आँखाकी नानी
अब ससूराको गिलासको पानी बनी....
यो सबै त्याग र समर्पण मात्र केटीहरू गर्न सक्छन्....
SO PLEASE RESPECT THEM

Comments