आमा

आमा जसले तपाइलाई ९ महिना पेटमा ३ बर्ष हातमा….. र जिन्दगि भर दिलमा राख्नु हुन्छ!

रोएको बच्चा आमाको छातीको न्यानोमा हुँक हुँक गर्दै चुप लाग्छ। थाकेको वयस्कको हारेको अनुहारमा आमाको शव्द मात्रले पनि आशा र जाँगर ल्याउछ। आमा, मम्मी, माता, महतारी, मम अनि अन्य धेरै नाम हामीमध्य धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा। संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा। अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा।
आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन। देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ।

Comments