कहिले आँसु सुकेर रोएँ,
कहिले मुटु दुखेर रोएँ।।
हिड्दा हिड्दै ठेस लागेर रोएँ
कहिले तिम्रो यादमा रोएँ।।
सोचेको सबै पुग्छ र कँहा,
कहिले आफै चुकेर रोएँ।।
कहिले भाग्य थुकेर रोएँ
कहिले तिम्रो सम्झनामा रोएँ।।
कहिले बिछोडको पिडामा
तडपिएर रोएँ।।
रुवाईको त ठेगान हुँदैन रैछ,
जहिले रोएँ लुकेर रोएँ।।
लेख
आदित्य विक्रम गिरी

Comments
Post a Comment