**अनुभव**


मैले हास्दा हास्छौ तिमी रुदा हरपल रुन्छौ ।
को हौं तिमी किन मेरो साथमा सधैं हुन्छौ ।।

केहि त छ रहस्य यो अन्जान समन्धमा ।
किन तिमी प्रेमपुर्बक मेरो मुटुमा छुन्छौ ।।

सोच्ने गर्छु बारम्बार म दिनरात तिम्रो बारे ।
के को लागी हासो छोडेर तिमी आसु चुन्छौ ।।

जमानाले ठग्यो तिमिले ठग्दा के हुन्थ्यो र ।
टुक्रा टुक्रा समाली समाली मन कहिले सम्म तुन्छौ ।।

अमर बन्नु अजर् तिमि सधैं आफ्नौ दुनियाँमा ।
मेरो लागी किन तिमी आफ्नो अमरत्तो थुन्छौ ।।

न त रहयो मानवता न त छ जन मा सम्मान ।
छ्ल कपट छ तनमा बुच्छौ न त कुरो सुन्छौ ।।

छोडदेउ ए अनुभव मलाई मेरै हाल मा सधैं ।
अझै कति जिन्दगीमा प्रेमको जालो बुन्छौ ।।

मनको पिडा पथर बनाइ नाचेको छु बैरागी तालमा ।
भाग्येले नेइ ठगेको लाई सम्झी किन तिमि रुन्छौ ।।

लेख
आदित्य विक्रम गिरी

Comments