
‘आर’ बाट नाम सुरु भएका मानिसहरुको गुण ९ अंकसँग मेल खाने गर्छ। यस्ता व्यक्तिहरुमा सहनसक्ने क्षमता, बुद्धिमान र मानवता जस्ता गुणहरु उच्च हुने गर्छन्। विचारका हिसाबले पनि उनीहरु अरुको अगाडि डिप्लोम्याट जस्तै देखिन्छन्। व्यक्तिगत चरित्रमा पनि उनीहरु बलियो हुने गर्छन्।
उनीहरुमा सोच्न सक्ने क्षमता, दया, र उच्च विचार बढी हुन्छ। परिवार, साथी, तथा घरप्रति उनीहरुको सधै न्यानो भावनाहरु रहिरहन्छ। ‘आर’ बाट नाम सुरु भएका मानिसहरु प्राय अरुको फाइदाका लागि बढी सोच्ने गर्छन् ।
अरुलाई सल्लाह सुझाव दिन र मद्दत गर्न सधै तयार रहन्छन्। त्यस्तै कुनै पनि समस्याको समाधानका लागि हरेक व्यक्तिलाई आकर्षित गर्न सक्छन्।
उनीहरु सिर्जनशिल हुन्छन्। कला तथा सस्कृतिप्रति उनीहरुको चासो समेत रहेको हुन्छ। आरबाट नाम सुरु भएका मानिसहरु मनोरञ्जन गर्न ज्यादा रुचाउने गर्छन्। कुनै पनि सुन्दरताको बयान गर्न उनीहरु पछि पर्दैनन्।
‘आर’ बाट नाम सुरु भएका मानिसहरु दानी, भगवानप्रति विश्वास गर्ने खालका हुन्छन् ।त्यस्तै नकारात्मक कुरा गर्नुपर्दा उनीहरु छिट्टै रिसाउने खालका हुन्छन् । एउटा सानो कुरालाई लिएर धेरै सोच्ने गर्छन् । आफ्नोभन्दा पनि अरुको समस्या समाधान गर्न उनीहरु अग्रसर हुने गर्छन्।
स्रोत:- रिता घिसिंग
Comments
Post a Comment