(कर्ण दासको स्वरमा सझिएको ठुला-ठुला महल हैन, लयमा केहि व्यंग्यात्मक प्रस्तुति! भुकम्प पिडितको नाममा गरिएको राजनीति)
ठुला ठुला भाषण हैन
छानो छाप्ने जस्ता देऊ
सरकार
पैसा दिने भाषण हैन
खान पुग्ने राशन देऊ
झुपडीमा रात बिताउछु, पानी पर्दा निथ्रुक्कै हुन्छु
अब आउने जाडो हेर, मेरो गाउँ नै थर्थराउछ... हो काप्न लाग्छ!
भोकालाई भोजन देऊ
लाजलाई ढाकी देऊ
भूकम्प पिडितलाई राहत दिलाऊ
ज्युने एउटा आधार मिलाऊ
आलो घाउमा महलम लगाऊ
ओ .... आलो घाउमा महलम लगाऊ
माछो मार्ने बोलि हैन
माछी मार्ने जाली देऊ
सरकार
धेरै बोल्ने ओठ हैन
सेवा गर्ने हात देऊ
मेरो गाउँ फेरी बनाउँछु
भत्किएको म आफै टाल्छु
अब आउने साल हेर
मेरो सरकार फेरी परिवर्तन हुन्छ
अर्को आउछ, हो .. फेरी भाषण हुन्छ!!
आदित्य विक्रम

Comments
Post a Comment